Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

आतंकवादको त्यो दृष्य जसले संसार हल्लायो

  • प्रकाशित मितिः २६ भाद्र २०७७, शुक्रबार ११:३५
  • लेखकः जननिगरानी

पछिल्ला १८ वर्षमा वर्ल्ड ट्रेड सेन्टरसामु आजको दिन एउटै दृष्य दोहरिन्थ्यो। मानिसहरु हजारौंको संख्यामा उपस्थित हुन्थे। करिब ३ हजारको आत्माको शान्तिको कामना गर्थे। आज अर्थात् नाइन इलाभेन – सेप्टेम्बर ११, २००१ आतंकवादी हमलाको एउटा डरलाग्दो घटना भएको दिन।

नाइन इलाभेन विश्व राजनीतिमा एउटा फरक परिस्थिति निर्माण गर्ने मोड बनेको थियो। त्यो मोडले आतंकवादविरुद्ध विश्व अभियान नै छेड्यो, जुन अझै जारी छ। सुरक्षित मानिएको अमेरिका एकाएक असुरक्षित बनेको दिन थियो, नाइन इलाभेन। त्यसैले आजको दिन हरेक वर्ष मानिसहरु वर्ल्ड ट्रेड सेन्टरमा भेला भएर निहत्था ज्यान गुमाएकाहरुको स्मृति गर्दै आएका थिए।

यसपाला भने कोरोनाले अर्को परिस्थिति बनाएको छ – विश्वलाई नै। ठूला भेला र सभाहरु विश्वभर नै निषेध छ। कोभिड-१९ ले संसार नै असुरक्षित बनेको छ। र, यसैसँगको संघर्षमा भौतिक र सामाजिक दुरीहरु तय भएका छन्। सायद्, यसले नाइन इलाभेनले आतंकवादको विषयमा जसरी अवधारणा बनाएको थियो, त्यसैगरी मानवका गतिविधिमाथि बनाउने छ। नेसनल सेप्टेम्बर ११ मेमोरियल एन्ड म्युजियममा आज पछिल्ला वर्षहरुमा भएजस्तो गतिविधि देखिने छैन।

तर, आज नाइन इलाभेनमा ज्यान गुमाएका मानिसका परिवारहरु भेला हुनेछन्। तर, अरु वर्षजस्तो यो घटनामा ज्यान गुमाएकाहरुको नाम लाभइ पढिने छैन। पुरानै रेकर्डबाट सुनाइनेछ – २००१ को कहालीलाग्दो घटनाका पीडितहरुको नाम।

के हो नाइन/इलाभेन?

स्थानीय समय अनुसार बिहानीको ८:४६ बजेको थियो। त्यतिखेर अपहरणमा परेको अमेरिकन एयरलाइन्स फ्लाइट ११ वर्ल्ड ट्रेड सेन्टरको उत्तरतिरको टावरमा ठोक्किन आइपुग्यो। बिहान ९ बजेर २ मिनेट जाँदा अर्को बिमान अपहरण भएको थाहा भयो। युनाइटेड एयरलाइन्सको फ्लाइट १७५ दक्षिणतिरको टावरमा ९ बजेर ३७ मिनेट जाँदा ठोक्किन पुग्यो। बिहान ९ बजेर ५९ मिनेट जाँदा अमेरिक एयरलाइन्स फ्लाइट ७७ पेन्टागनमा दुर्घटनामा पर्‍यो। बिहानकै १० बजे अपहरणमा परेको युनाइटेड एयरलाइन् फ्लाइट ९३ पेन्सेलभेनियामा दुर्घटना भयो। १० बजेर २९ मिनेट जाँदा उत्तरतिरको टावर ढल्यो।

इस्लामिको आतंकवादी समूह अल कायदाले चारवटा विमानबाट नियोजित रुपमा अमेरिकामा आक्रमण गरेका थिए। यी आक्रमणमा परी २ हजार ९ सय ७७ जनाले ज्यान गुमाए। २५ हजार भन्दा धेरै मानिसहरु घाइते हुन पुगे। यो आक्रमणमा अमेरिकाले १० अर्ब डलर बराबरको भौतिक क्षति बेहोर्‍यो।

नाइन इलाभेन मानव इतिहासमा संसारकै सबैभन्दा भिषण आतंकवादी आक्रमण मानिन्छ भने हवाई आक्रमणमा पनि सबैभन्दा ठूलो। १ सय १० तल्लै अग्ला दुई टावर ४२ मिनेटको अन्तरमा ध्वस्त भए। त्यसले वर्ल्ड ट्रेड सेन्टर परिसरमा रहेका अन्य भवनहरुलाई पनि धुलोमा मिलायो।

उत्तर पूर्वी अमेरिकाका विमानस्थलहरुबाट चारवटा प्यासेन्जर एयरलाइन्सहरु अपहरणमा परेका थिए। क्यालिफोर्नियाका लागि उडेका ती विमान १९ जना अलकायदाका आत्मघाती आतंकवादीले अपहरण गरेका थिए। अपहरितमध्ये दुई वटा विमान वर्ल्ड ट्रेड सेन्टको टावरमा ठोक्किएका थिए।

तेस्रो विमान अमेरिकाको रक्षा मन्त्रालय रहेको पेन्टागनमा दुर्घटनामा पर्‍यो। यसले थोरैमात्र क्षति पुर्‍यायो। चौथो विमान वासिङ्टन डीसीतिर जाँदै गर्दा पेन्सेल्भेनियामा दुर्घटनामा पर्‍यो। चौथो विमान यात्रुहरुका कारण आतंकवादीको निसानाबाट बाहिरिएको थियो।

आतंकवादविरुद्ध अमेरिकी जेहाद

विमानबाट भएको आत्मघाती आक्रमण अल कायदाबाट भएको तत्कालै आशंका गरियो जुन पछि पुष्टि पनि भयो। त्यसपछि अमेरिकाले आतंवादविरुद्ध जेहाद नै छेड्यो। अफगानिस्तानमाथि अमेरिकी आक्रमणको मुल आधार यही थियो। ओसामा विन लादेन अमेरिकाको सबैभन्दा खोजीमा रहेको आतंकवादी बने। अमेरिकाको आतंकवादी विरुद्धको अभियानमा अन्य मुलुकहरु पनि जोडिए। विन लादेन सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाको रेडमा मारिए। इराकमाथि अमेरिकी आक्रमणको आधार पनि यही प्रकरण रह्यो।

वर्ल्ड ट्रेड सेन्टरमाथिको यो आक्रमणका कारण वाल स्ट्रिट ठप्प बन्न पुगेको थियो। जसले अमेरिकीमात्र होइन विश्वकै अर्थतन्त्रमा असर पारेको थियो। अमेरिकालाई २००२ को मे महिनासम्म लागेको थियो – भग्नावशेष पन्छाउनमात्र। पेन्टागनमा भएको क्षति एकै वर्षमा मर्मत भयो। सन् २००६ मा फेरि वर्ल्ड ट्रेड सेन्टरको निर्माण थालनी भयो। यसको निर्माण सन् २०१४ मा आएर पूरा भयो। यससँगै नेसनल सेप्टेम्बर ११ मेमोरियल एन्ड म्युजियम खडा गरियो जहाँ आज मानिसहरु भेला हुन्थे र आतंकवादबाट मृत्युवरण गरेका मानिसहरुको स्मृति गर्थे।

Soc: pahilopost

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki