Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

पर्वतमा अपांगता भएकालाई वैकल्पिक शिक्षा ‘आकाशको फल’

  • प्रकाशित मितिः २४ भाद्र २०७७, बुधबार १९:२२
  • लेखकः संजय रेग्मी

भदौ २४, पर्वत । कुस्मा नगरपालिका–६ का १४ वर्षीय आयुष शर्मा शारीरिक र बौद्धिक अपाङ्गता भएका बालक हुन् । कुस्माकै शिवालय माविको कक्षा १ पढ्ने उनी जसोतसो आउजाउ गर्थे । तर अहिले घरमा एक्लै बस्नुपर्दा उनलाई निकै गाह्रो भएको छ । उनी एकोहोरिन थालेका छन् ।

सञ्चारमाध्यमदेखि टोल र परिवारमा पनि कोरोनाको विषयमा मात्र कुरा हुँदा उनी घर बाहिर निस्कन मान्दैनन् । मरिन्छ कि भनेर आफूलाई सोधिरहने आमा लक्ष्मी चापागाईँ बताउँछिन् ।

‘अपाङ्गता भएकाहरूलाई अघि पछिको समयमा त समस्या हुन्छ यो बेलामा घरमै एकोहोरो राख्नुपर्दा झनै समस्या हुने रहेछ। मेरो बाबुमा बौद्धिक र शारीरिक अपाङ्गता छ,’ उनले भनिन्, ‘यो बेलामा पढ्ने र सिक्नेको त कुरै छाडौँ। बाहिर निस्के कोरोना लागेर मरिन्छ भन्छ, कोरोनाको डरले उसलाई खाएको छ ।’

विद्यालय पठाउँदासमेत सिकाइमा कठिनाइ हुने उनीहरूलाई अहिले प्रयोगमा रहेका वैकल्पिक सिकाइ सहजीकरणको माध्यमले कुनै अर्थ नराखेको लक्ष्मीको अनुभव छ ।

जिल्लाको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीमा एउटै घरका दिदीलाई दृष्टिविहीन छ । कक्षा १० मा पढ्दै गरेका बेलकुमारी क्षत्री र ९ मा पढ्ने होमबहादुरलाई घरमा बस्न मनै छैन । ब्रेल अक्षर लेख्ने कागज नहुँदा र गाउँमा इन्टरनेटको पहुँच नभएकाले उनीहरु भर्चुअल कक्षामा जोडिन सकेका छैनन् ।

‘मौका पाए टिभीमा पढाएको सुन्ने हो । आँखाले देख्ने भए पो छिटो सिकाइ हुन्थ्यो । हामीलाई अलि बिस्तारै हाम्रै तरिकाले पढाउनुपर्छ । सामान्य अवस्थाका व्यक्तिलाई मिल्ने शैली हामीलाई मिल्दैन ।’ होमबहादुर भन्छन्, ‘एकोहोरो सुनेर मात्रै पनि कसरी सिकिन्छ र ? लकडाउन होला भन्ने थाहा भएन, घरमा ब्रेल पेपर र त्यसमा स्ल्याट नै छैन। बिस्तारै सुन्दै पढौँ भने नेट छैन। टोलमा शिक्षक आएर पढाए पनि नोट गर्ने केही पनि छैन ।’

सदरमुकाम कुस्मामै बस्ने शारीरिक र बोलाइसम्बन्धी अपाङ्गता भएका विजय कुमाल बजारमा भएर पनि उनले इन्तरनेटको सुविधा प्रयोग गर्न पाएका छैनन् । भर्चुअल कक्षामा जोडिन सुन्न र देख्न सक्ने उनको घरको आर्थिक अवस्थाका कारण इन्टरनेटमा पहुँच छैन ।

‘एक दिन होइन, दुई दिन होइन हरेक दिन अर्काको घरमा गएर नेटको पासवर्ड माग्दा पनि अप्ठ्यारो हुन्छ । अर्काले लगानी गरेको चिज आफूले सधैँ फ्रिमा कसरी पाइन्छ ?’ दुखेसो पोख्दै कुमालले भने, ‘अपांगता भएकालाई हिजो पनि समस्या नै थियो आज पनि उस्तै छ। सरकारले वैकल्पिक सिकाई सहजीकरण र सपाङ्गता भएकालाई केन्द्रित गरेर ल्याएको छ। हामीलाई हुन सक्ने विकल्पबारे सोच्ने त कोही पनि छैन ।’

अपाङ्गता भएका विद्यार्थीले अध्ययन गर्दै आएका विद्यालयले अनलाइन कक्षाहरू सञ्चालन गरिरहेको भए पनि अपांगतामैत्री प्रविधि छैन। दृष्टिविहीनहरुका लागि स्रोत कक्षा सञ्चालन गर्दै आएको कुस्माको शिवालयमा माविका प्रधानाध्यापक भुपेन्द्र चापागाईँले विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको भए पनि फरक क्षमताका बालबालिकाहरू त्यसमा जोडिन कठिन भएको बताउँछन् । सञ्चार प्रविधिको सहज उपलब्धता, उपलब्ध भए पनि त्यसको प्रयोगको कठिनाइले अपाङ्गता भएकालाई ठूलो शैक्षिक क्षति पुगेको उनी बताउँछन् ।

सोही स्रोत कक्षामा अध्यापन गर्दै आएका दृष्टिविहीन शिक्षक हरिदत्त शर्माले आफूले केही विद्यार्थीलाई फोन गरेर वैकल्पिक सिकाइमा जोडिन सिकाउन खोज्दा गाउँमा नेट नभएको र मोबाइलमा रिचार्ज गरेर प्रविधिमा जोडिन घरको आर्थिक अवस्थाले नसक्ने जवाफ दिएको बताए ।

Soc: thahakhabar

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki