Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

कोरोना संक्रमणमुक्त चिकित्सको अनुभव– मृत्युको मुखबाट फर्किएँ

  • प्रकाशित मितिः २२ भाद्र २०७७, सोमबार २०:४८
  • लेखकः जननिगरानी

२२ भदौ, काठमाडौं । नेपालमा कोभिड १९ का विरामीको दिनप्रतिदिन बढ्दै गएको छ । कोरोना भनेको सामान्य हो भनी हल्का रुपमा नलिइ अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न चिकित्सकहरुले सुझाउँदै आएका छन् । तर कोरोना संक्रमण भइसकेपछि यसले कस्तो रुप लिन्छ भन्ने कुरा अनुमान गर्न नसकिने स्वयं संक्रमितहरुको अनुभव छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिहेको छ । र हरेक दिन संक्रमितहरुको मृत्यु पनि भइरहेको छ । संक्रमित हुनेहरुबाट मृत्यु हुनेहरुको संख्यालाई प्रतिशतमा हेर्ने हो भने शुन्य दशमलव ६४ प्रतिशत हो । त्यसो त निको हुनेहरुको संख्या पनि दिनप्रतिदिन बढी नै रहेको छ । कोरोना सङ्क्रमण मुक्तज हुनुभएकाहरुलाई प्रतिशतमा हेर्ने हो भने ६५ प्रतिशत हो । पछिल्लो समय ५८ प्रतिशतबाट बढेर ६५ प्रतिशतमा पुगेपनि यो अवस्थालाई राम्रो भन्न भने सकिन्न ।

यो परिस्थितिमा कोरोना भनेको सामान्य हो भनी नजरअन्दाज गर्नु ठूलो भूल हुने भर्खरै कोरोना संक्रमणबाट मुक्त हुनुभएका डा. ज्ञानेन्द्रमान सिंह कार्की बताउनु हुन्छ । तर स्वास्थ्य मापदण्ड पालना गर्दै सतर्कता अपनाउदा भने डर मान्नुपर्ने अवस्था नरहेको उहाको भनाई छ । वृद्ध व्यक्ति, जवान, बालबालिका जुनसुकै उमेरकालाई पनि कोरोना संक्रमण हुन सक्ने र संक्रमण भई सकेपछि यसले कस्तो रुप लिन्छ भन्ने अनुमान गर्न नसकिने हुदा हामी सबै सचेत र सतर्क रहनुपर्ने सुझाब दिनुहुन्छ डा कार्की । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उहाले आफू पनि मृत्युको मुखबाट फर्केर आएको अनुभव सुनाउनुभयो ।

कोरोनाबाट निको भएकाहरुबाट संक्रमण सर्दैन भन्नुहुँदै निको भएकाहरुलाई घर समाजले विभेद र अपमान गर्नुको सट्टा माया र हौसला प्रदान गर्नुपर्ने बताउनुहुन्छ डा कार्की ।

सामाजिक तथा सास्कृतिक चाडपर्व मनाउने क्रममा तथा किनमेल गर्ने क्रममा नागरिकहरु त्यति सचेत र सजक भएको देखिदैन । त्यसैले अनिवार्य मास्क लगाउन , भीडभाडमा नजान, सामाजिक दूरी कायम गर्न साबुन नपानीले हात धुन तथा स्यानीटाईजरको प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिदै आएका छन् । अहिले कोरोनाको कुनैपनि औषधि पत्ता नलगाइसकेको अवस्थामा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाउनुको अरु विकल्प छैन । त्यसैले सतर्क रहौं स्वस्थ बनौं ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki