Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

बोबाङमा भिषण बाढीः बेपत्ता मध्य चार जनाको शब भेटियो

  • प्रकाशित मितिः १८ भाद्र २०७७, बिहीबार ०९:१६
  • लेखकः जननिगरानी

१८ भदौ, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये चार जनाको शब फेला परेको छ ।

बुधबार राती १२ बजे भूँजिखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ बोबाङका १७ जना सम्पर्क विहिन भएका थिए । त्यसमध्य ४ जनाको शब भेटिएको र १३ जनाको परिचय खुलेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

प्रहरी निरीक्षक भण्डारीका अनुसार बेपत्ता भएकामध्ये ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३०÷३२ वर्षको पुरुषको शव फेला परेको छभने ढोरपाटनकै वडा नं ५ बुडाथोकस्थित पुलको लठ्ठोमा अड्केको अवस्थामा अन्दाजी ३०÷३५ वर्षका पुरूषको शव भेटिएको उनले बताए ।

त्यस्तै बडिगार्ड गाउँपालिका–५ बालुवामा अन्दाजी २०/२२ वर्षका पुरूष र बडिगाड–७ खोप्चेमा अन्दाजी १२/१३ का पुरूषको शव फेला परेको भण्डारी बताए । उनले शवको सनाखत हुन नसकेको जानकारी दिए ।

प्रहरी निरीक्षक भण्डारीले बेपत्ता मध्य १३ जनाको परिचय खुलेको बताए । उनले ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन, उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका बताए ।

त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया दिलमाया घर्तीमगर, उनको छोरा नाम नखुलेको ६ वर्षीया बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको भण्डारीले जानकारी दिए ।

उद्धारको लागि घटनास्थलमा इलाका कार्यालय बुर्तिबाङको टोली पुगिसकेको र बेपत्ताहरुको खोजी सुरु गरेको भण्डारीले बताए । बागलुङ बजारदेखि हिडेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने सहित नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थल पुग्दै छ ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki