Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

सूर्य नमस्कार गर्दा हुने यी फाइदा, कुन समयमा गर्ने ?

  • प्रकाशित मितिः ९ भाद्र २०७७, मंगलवार १२:१८
  • लेखकः जननिगरानी

तपाईं निरोगी बन्न चाहनुहुन्छ ? तन्दुरुस्त रहन चाहनुहुन्छ ? दिनभर ताजा महसुष गर्न चहनुहुन्छ ? शरीर लचकदार बनाउन चाहनुहुन्छ ?

त्यसो हो भने, एउटा उपाय छ । उपाय सजिलो छ । सूर्य नमस्कार ।

सूर्य हामीलाई थाहा छ । नमस्कार पनि थाहा छ । दिनदिनै हामी कति जनालाई नमस्ते टक्र्याउँछौं । कतिको नमस्ते पनि स्विकार गर्छौं । तर, सूर्य नमस्कार एक योगासन हो । यसको विधी अलि भिन्न छ ।

प्राचीन समयदेखि योगबाट मन र शरीरलाई स्वस्थ्य राखिने अभ्यास भएको पाइन्छ । योगले शरीर र मनलाई स्वस्थ राख्छ । शरीरको अतिरिक्त विकार हटाउन, मनलाई शान्त तुल्याउन, स्फूर्ति ल्याउन योग अनिवार्य छ । अहिले विश्वभर योगको लहर छ ।

शरीर यसरी रोगको भण्डार

विश्व समुदाय अहिले सबैभन्दा स्वस्थ्य समस्यासँग जुधिरहेका छन् । गर्भबाटै रोग बोकेर आइरहेका छन् । हरेकको घरमा रोगी छन् । रोगै रोगको कारण जीवन मरेतुल्य छ । दिनदिनै औषधी सेवन गर्नुपर्ने, अस्पतालको चक्कर लगाउनुपर्ने, उपचार खोज्नुपर्ने वाध्यतामा गुजि्ररहेको छ हाम्रो दैनिकी ।

किनभने, अहिले हामीले बाँच्ने संसार कृतिम छ । हामीले शुद्ध हावा लिन पाइरहेका छैनौं । जैविक खानेकुरा सेवन गर्न पाइरहेका छैनौं । हामीले फेर्ने सास दुषित छ । हामीले खाने खानेकुरा विषाक्ता छ । त्यसमाथि हामी भौतिक सुख सयलमा लिप्त भएका छौं । यही कारण हामी गर्भदेखि नै रोग बोकेर जन्मिएका छौं । रोगै रोगले ग्रस्त छौं ।

यसरी रोगको संक्रमणले ग्रस्त हामीलाई त्यसबाट उन्मुक्त भएर रोगमुक्त जीवन बाँच्नका लागि योग सर्वोत्तम विकल्प हो । योगको सबैभन्दा प्रशिद्ध आसन हो, सूर्य नमस्कार ।

यसरी हुने रोगमुक्त
सूर्य नमस्कार यस्तो योग हो, जो सजिलो छ । र, अत्यान्तै लाभदायक पनि । बालबच्चादेखि बुढापाकसम्मले यो योगासन अभ्यास गर्न सक्छन् ।

सूर्य नमस्कारमा विभिन्न १२ आसन हुन्छ । यी १२ आसन गर्दा सासको गति नियन्त्रण गर्न सक्नु सर्वोत्तम हुन्छ । सासको गति नियन्त्रणका लागि मन्त्रोच्चारण गरिन्छ । मन्त्रोच्चारणका साथ सूर्य नमस्कार गर्नु सत्प्रतिसत फाइदाजनक हुन्छ ।

सूर्यनमस्कार आसनको केही स्वास्थ्यवर्द्धक लाभ हुन्छ । जस्तो कि यसले रक्तप्रवाह सही ढंगले गराउँछ । पाचन क्रिय चुस्त रहन्छ । तौल नियन्त्रण गर्छ । शरीरमा सकारात्मक उर्जा पनि मिल्छ ।

एक पटक सूर्य नमस्कार गर्दा १३ दशमलव ९ प्रतिशत क्यालोरी घटाउन सकिन्छ । सूर्य नमस्कार स्वस्थ रहने सबैभन्दा राम्रो विकल्प हो ।

कसरी गर्ने ?
हामीले यसअघि पनि भन्यौ कि, यसको १२ आसन हुन्छ । सबैभन्दा पहिला प्रणायम हुन्छ, जसमा दुबै हात जोडेर सिधा उभिनुपर्छ । अर्थात नमस्कारको मुद्रामा । त्यसपछि आउँछ हसतोत्तानासन । यसमा हातलाई विस्तारै माथि उठाइन्छ । फेरी हस्तपदासन आउँछ, जसमा अगाडि झुकेर उभिनुपर्छ ।

चौथो आसन हो, अश्व संचालासन । यसमा घोडा जस्तै घुँडा र हातले टेकेर बस्नुपर्छ । पाँचौं आसन हो दंदासन । यसपछि अष्टांग नमस्कार । त्यसपछि आउँछ भुजंगासन । यो कुकुरको मुद्रामा मुख घोप्टो बनाएर बस्नुपर्छ । त्यसपछि अश्व संचालासन र फेरी हस्तपादासन, हस्तोत्तानासन र प्राणायाम आउँछ ।

कुन समयमा गर्ने ?
सूर्य नमस्कारको अर्थ हो, सूर्यको शाश्वत अभिभादन गर्नु । यस व्यायमले सूर्यको उर्जा शरीरमा आउँछ । सूर्य नमस्कार भनेको सूर्यको तेजबाट उर्जा लिनु हो, त्यसैले यो आसन सही समयमा गर्नु जरुरी छ ।

योग निर्देशकलाई मान्ने हो भने, योग गर्नु एक कला हो र सूर्य नमस्कार गर्ने उपयुक्त समय प्रातःकाल हो । अर्थात सूर्योदयको समयमा ।

तर, त्यसो भन्दैमा सूर्योदयकै समयमा मात्र गर्नुपर्छ भन्ने चाहि होइन । यसलाई तपाई साँझको समयमा पनि गर्न सक्नुहुन्छ । कतिपय मानिस विहान व्यस्त हुने भएकाले सूर्य नमस्कार गर्न भ्याउँदैनन् । उनीहरुले बिहानको समय सूर्य नमस्कार नगरेपनि दिनभरमा आफ्नो अनुकुलता मिलाएर गर्न सक्छन् । यद्यपी बिहानको समयमा गरिने सूर्य नमस्कार एकदमै प्रभावकारी मानिन्छ ।

यदि तपाई तौल नियन्त्रण गरेर स्वस्थ रहन चाहनुहुन्छ भने सूर्य नमस्कार तपाईंको लागि सर्वोत्तम छ । सूर्योदयको समय सूर्य नमस्कार गर्नु सबैभन्दा राम्रो हुन्छ । सूर्यलाई हेरेर विहान खाली पेटमा सूर्य नमस्कार गर्नुपर्छ । सूर्यको किरणले सकारात्मक उर्जा मिल्छ । शरीरलाई पनि फाइदा पुग्छ ।

विहानको समय शान्त र सौम्य माहौल हुन्छ । र, दिनको सुरुवातमा यो आसन गर्दा ताजगी महसुष हुन्छ । त्यसैले घरबाट बाहिर खुला हावामा सूर्य नमस्कार गर्नु बढी फाइदाजनक हुन्छ । सूर्य नमस्कार गर्ने स्थान खुला एवं हावा आउजाउ गर्न सक्ने हुनुपर्छ ।

सूर्य नमस्कार धिमा गतिमा गर्नुपर्छ । र, आफ्नो मुद्रालाई परफेक्ट राख्ने प्रयास गरौं । यसका साथै सूर्य नमस्कारको १२ मुद्रा गर्नु लाभदायक हुन्छ । सूर्य नमस्कारभन्दा अघि वार्मअप गर्नु राम्रो हो । यसले शरीरलाई थप लचिलो बनाउँछ ।

गर्भवती, हर्नियाका रोगी, उच्च रक्तचापले ग्रस्त, कम्मरको दुखाई भएका र महिनावरी भएकाले सूर्य नमस्कार गर्नु हुँदैन । यदि गर्नैपरे, चिकित्सकको सल्लाह लिनुपर्छ ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki