Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

हातले खाना खानुका फाइदा

  • प्रकाशित मितिः ८ भाद्र २०७७, सोमबार २०:४५
  • लेखकः जननिगरानी

८ भदौ, काठमाडौं । हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् । पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खाना खाने हाम्रो पुरानो संस्कार हो ।

तर बिस्तारै खाना खानको लागि चम्चाको प्रयोग गर्न थालियो । तर के छ हातले खाना खानुपछिको विज्ञान ? पूर्वीय शास्त्र भन्छ ‘हाम्रो शरीर पाँच तत्व मिलेर बनेको हुन्छ । जसलाई जीवन ऊर्जा पनि भनिन्छ । यी पाँच तत्वहरू हाम्रो हातमा हुन्छन्, यी पाँचमध्ये कुनै पनि तत्वमा हुने असन्तुलनले मान्छे बिरामी हुनसक्छ । हातले खाना खाँदा यही सन्तुलनले शरीरलाई स्वस्थ बनाउँछ भन्ने मान्यता छ ।

तसर्थ, जब हामी खाना खान्छौं हामी यही पञ्च तत्वलाई सन्तुलित गराउने गर्छाैं । जसका कारण खाना अधिक ऊर्जावान हुन्छ र यसले हाम्रो शरीरलाई स्वस्थ बनाउन मद्दत गर्छ । हातले खाना खाँदा के–के हुन्छ फाइदा ?

पाचन प्रणालीमा सुधार
खानाको स्पर्श गर्नु नै हाम्रो शरीरको पाचन प्रणालीको लागि महत्वपूर्ण हुन्छ । जस्तो, हामीले हातले खाना छुन्छौं त्यो जानकारी खाना मुखमा जानु पहिले नै दिमागमा पुगेको हुन्छ । चेतन दिमागले त्यो सूचना पेटसम्म पुर्‍याउँछ ।

यो सूचनासँगै पेट खाना पचाउनको लागि तयार भएर बस्छ । यसले पाचन प्रणालीमा मद्दत पुर्‍याउँछ ।

माथि उल्लेख गरिए जस्तै जब हामी खाना खान्छौं हातले स्पर्श गरेसँगै हाम्रो खाना मुखमा जानेवाला छ भन्ने थाहा हुन्छ । यसलाई माइन्डफुल खाना भन्ने चलन छ । यसरी हातले खाना खाँदा खानामा पोषक तत्वको मात्रा समेत वृद्धि हुन्छ भन्ने मान्यता छ ।

समग्रमा हातले खाना खाँदा खानामा पोषण तत्वको वृद्धि हुने, पाचन सुधार गर्छ र समग्रमा हामीलाई स्वस्थ राख्ने काम गर्छ ।

जिभ्रो पोल्ने सम्भावना कम हुन्छ
हातले खाना खानुको फाइदाहरूमध्ये एक भनेको यसले हाम्रो जिब्रो जलाउँदैन । जब तपाईं आफ्नो हातले खाना उठाउनुहुन्छ, तपाईंलाई थाहा हुन्छ कि तपाईं कति खाना खान लाग्नु भएको छ । यदि खाना धेरै तातो छ भने तपाईंलाई थाहा हुन्छ र त्यसलाई जिभ्रोमा लैजानुहुन्न । यसरी जिभ्रोलाई तातोबाट चाउनको लागि पनि चम्चाभन्दा हातले खाना खानु उपयुक्त हुन्छ ।

Soc: onlinekhabar.com

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki