Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

जो आँखाले चित्र कोर्छिन्

  • प्रकाशित मितिः ५ भाद्र २०७७, शुक्रबार १९:५७
  • लेखकः जननिगरानी

५ भदौ, काठमाडौं । ३४ वर्षीया सारा एजिकियलका हातगोडा चल्दैनन् ।

बोल्न संघर्ष गर्छिन् तर आवाज प्रष्ट आउँदैन। उनी पक्षघातको शिकार भएकी छिन् ।  उनलाई अहिलेको जिन्दगी निकै निरस लाग्छ तर आफ्नो हालत सोचेर धेरै निरास हुनुनपरोस् भन्नका खातिर आफूलाई चित्रकलामा व्यस्त राख्छिन् ।

एजिकियल आँखाको इसाराले मेसिनको सहायताबाट चित्र कोर्छिन् । आँखाको चाल ट्रयाक गर्ने प्रविधिको सहायताले एजिकियलले निकै कलात्मक सिर्जना तयार पार्छिन् ।

‘पहिला म सामान्य थिएँ। मेरो जिन्दगी निकै रमाइलो थियो। पूर्णकालीन गृहिणी भएकाले बच्चाहरुसँग समय विताउँथे। अहिले चित्र कोर्दै समय विताउँछु,’ आँखाको इसारामा स्क्रिनमा एजिकियलले अभिव्यक्त गरेका अक्षरले उनको भावनालाई मूर्तरुप दिन्छन् ।

पक्षघातको शिकार भएपछि पाँच वर्षसम्म त उजाड जिन्दगी विताएको तीतो अनुभव उनले अभिव्यक्त गरिन्। हाल न उनी हलचल गर्न सक्छिन् न बोल्न नै। तर, प्रविधिले उनको उजाड जिन्दगीलाई जिउन लायक बनाएको एजिकियलको अनुभव छ।

‘प्रविधिले मेरो निरस जिन्दगीमा रस भरेको छ। प्रविधिले साँच्चिकै जीवनलाई बाँच्न लायक बनाइदिएको छ,’ स्क्रिनमा उनले आँखाको सहायताले यी कुरा लेखेकी छिन्।

एजिकियल चित्रकलाकै विद्यार्थी हुन्। आफूलाई पक्षघात भएपछि सन् २०१२ बाट आइगेजको सहायतामा उनले चित्र बनाइरहेकी छिन्। प्रविधिको सहायतामा उनले पहिलोपल्ट बनाएको चित्रकलाको नाम उनले पिसफूल वारियर दिएकी थिइन्।

‘आफ्नो निराशालाई भगाउन चित्र कोरिरहेकी थिएँ। तर, त्यसको अन्त्य निकै कलात्मक ढंगमा भयो। म निकै आश्चर्य भएँ,’ उनले लेखेकी छिन्।

उनले प्रविधिको सहायताबाट दर्जनौँ चित्र बनाइसकेकी छिन्। उनको कलाको बेलायत तथा कतारमा प्रदर्शन भइसकेको छ। चित्र बनाउन बस्दा आफ्नो सम्पूर्ण कष्ट दुर हुने उनको अनुभव छ।

‘जब म चित्र बनाउन बस्छु। म मेरो शारीरिक अवस्था नै भुल्ने गर्छु। मैले निकै आनन्द महसुस गरिरहेको हुन्छु,’ उनले लेखेकी छिन्।

एजिकियल, टोबी डायनाभोक्स कम्पनीले निर्माण गरेको यन्त्रको सहायताले मानिसहरुसँग संवाद गर्छिन् भने चिकित्सहरुसँग समेत त्यसैको माध्यमबाट परामर्श गर्छिन्।

त्यसलाई कम्पनीले ‘आइगेज’ नामाकरण गरेको छ।  कम्पनीको यस प्रविधिले प्रोजेक्टर, क्यामेरा र अल्गोरिदमको सहायताबाट आँखाको चाल  ट्रयाक गर्छ। आँखाको नानीको चाल अनुसार कर्सर नियन्त्रण गर्न सकिने सुविधा कम्पनीले बनाएको छ।

सीएनएनसँगको अन्तर्वार्ताका लागि एजिकियललाई प्रश्न पठाइएको थियो। ती प्रश्नका उत्तर उनले त्यही प्रविधिको सहायतामा शाब्दिक रुपमा पठाएकी थिइन्। यो प्रविधिले उनलाई इन्टरनेट प्रयोग गर्न, अनलाइन किनमेल तथा सामाजिक सञ्जाल प्रयोगमा समेत सहयोग गर्छ।

पक्षघातको शिकार भएकाहरुलाई सहयोग गर्ने प्राविधिक यन्त्र हो आइगेज। भौतिकशास्त्री स्टेफन हकिङ्सले समेत यो यन्त्रको प्रयोग गरेका थिए। सन् १९५० देखि कम्प्युटरको सहायताबाट स्केच सुरु भएको थियो। तर, समय परिवर्तन भएसँगै नयाँ प्रविधिको सहायतबाट डिजिटल क्यानभास बनेका छन्।

आजकाल डेभिड हक्नी जस्ता प्रख्यात चित्रकारहरुले समेत डिजिटल क्यानभासको प्रयोग गर्छन्। प्रविधिको सहायतबाट आँखाले चित्र बनाउँदा पनि हातले बनाएजस्तै अनुभव हुने एजिकियलको अनुभव छ।

‘आँखाको सहायताबाट चित्र बनाएपनि हातले बनाएजस्तै अनुभव मैले गरिरहेको हुन्छु,’ उनले लेखेकी छिन्।

प्रविधिले जीवनप्रतिको दृष्टिकोण नै परिवर्तन गरिदिएको एजिकियलको अनुभव छ। ‘प्रविधिले मेरो जीवनमा नयाँ अवसर सिर्जना गरिदिएको छ। सबैभन्दा ठूलो कुरा त मेरो निरस जिन्दगीलाई रसिलो बनाउँदै जीवनप्रतिको दृष्टिकोण नै परिवर्तन गरिदिएको छ,’ उनले लेखेकी छिन्।

प्रविधिको सहायतामा चित्र बनाउने एजिकियलले विभिन्न पुरस्कारबाट सम्मानित समेत भएकी छिन्। आजकाल उनी अनलाइनबाट आफ्नो चित्रकला विक्री समेत गर्छिन्। बेलायतमा कोरोना कहर सकिएपछि आफ्नो चित्रकला प्रदर्शन गर्ने उनको योजना छ।

Soc: kathmandupress.com

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki