Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

तीजमा सुनसान बन्यो ऐतिहासिक नाच्ने डाँडा

  • प्रकाशित मितिः ५ भाद्र २०७७, शुक्रबार १९:५१
  • लेखकः जननिगरानी

५ भदौ, बागलुङ । आज हरितालिका तीज महिला दिदीबहिनीले विगतका वर्षमा यो पर्वलाई धुमधाम सँग व्रत बसेर महादेवको पूजा गर्थे । अनि आजको दिनमा एक ठाउँमा भेला भएर सामूहिक नाचगान गरेर तीजलाई हर्ष उल्लासमय वातावरणमा मनाउने गर्दथे तर यसपालि न त शिव मन्दिरमा व्रत बस्ने दिदीबहिनीको भीडभाड नै छ न त कुनै मेला महोत्सव र उत्सव नै भए ।

विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले अहिले भीडभाड गर्न निषेध गरेपछि देशभर यसपटकको तीज सुनसान बन्यो । धुमधामका साथ मनाईने यो पर्वलाई यसपटक कोरोना भाइरसले प्रभावित बनायो ।

सदियौं देखि जिल्लाको गलकोट नगरपालिका वडा नं ७ मल्म नाच्ने डाँडामा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा भक्तजनको भीड अनि तीज उत्सव समेत लाग्ने गर्दथ्यो । तर यसपटक भने कोरोना भाइरसको महामारीका कारण नाँच्ने डाँडा सुनसान बन्यो मन्दिरमा पनि चहलपहल देखिएन । जिल्लाका अधिकांश शिव मन्दिर, तीजमा मेला हुने ठाउँहरू, डाँडाहरुमा सुनसान जस्तै भए ।

गत वर्षको तीजमा नाच्ने डाँडामा देखिएको दृश्य ।

तीजको दिन गलकोटको परम्परागत अनि ऐतिहासिक स्थल नाच्ने डाँडामा तीज मेला नहुँदा यो पटक दिदीबहिनी दाजुभाइलाई दिन काट्नै गाह्रो भयो । पहिले पहिले बुढी आमा देखि दिदीबहिनी सामूहिक जम्मा भएर वर्ष भरिका आफ्ना पिर मर्का र पीडाहरू तीजका गीत मार्फत वेदना पोखेर रमाइलो गर्ने प्रचलन थियो । पछि नाच्ने डाडाँ संरक्षण समाजले प्रत्येक वर्ष तीज मेला सँगै तीज गीत प्रतियोगिता आयोजना गर्दै आइरहेको थियो । उक्त स्थानमा गलकोट भरका दर्शकहरुको निकै भीड लाग्ने गर्दथ्यो ।

यो पटक कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तीजमा मेला, महोत्सव, उत्सव र सामूहिक भिडभाड गर्न नेपाल सरकारले रोक लगाए सँगै परम्परागत नाच्ने डाँडा सुनसान बनेको हो । कोरोना बाट बाँचे यसको प्रभाव न्युन भएमा आउँदा वर्षहरूमा फेरि सँगै रमाइलो गरौँला भन्दै यो वर्ष दिदीबहिनीले घर घरमै बसेर तीज मनाएका छन् ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki