Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

आज थपिए ६८१ जना संक्रमित

  • प्रकाशित मितिः ३ भाद्र २०७७, बुधबार १६:५७
  • लेखकः जननिगरानी

३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकका ३९ जिल्लाका ६८१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । तीमध्ये २१६ महिला र ४६५ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी १३४ जना र पर्सामा १०८ जना संक्रमित थपिएका छन् । यस्तै मोरङमा ६९ जना, रूपन्देहीमा ५२ जना र सुनसरीमा ३६ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पछिल्लो २४ घण्टामा झापामा १६, ओखलढुंगामा एक, पाँचथरमा एक जना संक्रमित थपिएका छन् । प्रदेश २ आठैवटा जिल्लामा कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन। सप्तरीमा १३, सिरहामा १९, धनुषामा २८ जना संक्रमित थपिएका छन् ।

महोत्तरीमा १२, सर्लाहीमा १९, बारामा १५ र रौतहटमा चार जना संक्रमित थपिएका छन् । प्रदेश ३ काे भक्तपुरमा आठ, ललितपुरमा १७ र धादिङमा एक जनामा कोरोना संक्रमण भएको छ ।

चितवनमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशका गोरखामा तीन, कास्कीमा पाँच, लमजुङमा तीन, पूर्वी नवलपुरासीमा १२ र तनहुँमा चार जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

प्रदेश ५ को कपिलवस्तुमा ६, पश्चिम नवलपरासीमा एक, पाल्पामा एक, दाङमा तीन र प्यूठानमा दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ । यस्तै बाँकेमा १८ र बर्दियामा दुई जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशका सल्यानमा १७, डोल्पामा एक, जुम्लामा नौ, सुर्खेतमा १३ र दैलेखमा चारजनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिमका कैलालीमा तीन, अछाममा तीन, डोटीमा चार जना कोरोना भाइरस संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki