२ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १०१६ जनामा कोरोना पुष्टि भएको बताए ।
प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार आज १३ हजार ४६१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । यसँगै नेपालमा कोरोना निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ ।