Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

निशानले गरे कानुनी रुपमा विवाह

  • प्रकाशित मितिः ३० श्रावण २०७७, शुक्रबार १७:५४
  • लेखकः अनन्त वाग्ले

३० साउन, काठमाडौं । अहिले नेपाली गीतसंगीत आकाशमा गायक निशान भट्टराईले तहल्का नै मच्चाइरहेका छन्। उनी जुन गीतमा स्वर भर्छन्, त्यसले युट्युबको पारो कतिखेर चढाउँछ पत्तै हुँदैन। उनको संगीतप्रतिको लगाव, गायनको फरक शैली अनि शब्द चयनको गाम्भीर्यले उनलाई छोटो समयमै निशानामा पुर्‍यायो भन्दा दुई मत नहोला।

खिरिलो शरीर, लोभलाग्दो मायालु अनुहार अनि शब्दलाई न्याय गर्न सक्ने निखारिएको स्वरले संगीत प्रेमीलाई त उनले लोभ्याए नै, भर्खरै प्रेमको परिभाषा खोज्न लागेकादेखि प्रेम पुराणमा पीएचडी गरेकासम्मलाई उनको जादुमय स्वरले लट्ठै बनाइरहेको छ।

नेपाल आइडलको मञ्चबाट चर्चा कमाएका उनै निशान यो साता चर्चाको अर्को सिँढी उक्लिएका छन्, त्यो पनि प्रेमको निशाना ठाउँको ठाउँ लगाएर। उनले फिल्मदेखि आधुनिक र लोकगीतमा स्वर भर्दा प्रेमका अनेकौं टुक्का मिलाएका गीत गाए। तर वास्तविक जीवनमा भने उनी चलचित्र ‘छक्का पञ्जा–३’ मा आफैंले गाएको गीतको नयाँ भर्सन बनेर आए।

‘बजाएर बाजा लिन आयो राजा, मैले दिने माया सधैं हुन्छ ताजा। नमानेर कुनै लाज, छाडी आऊ माइती घर, तम्रा नाममा सारी दिउँला हाम्रा नामका घर।’ यी गीतमा बाजा बजाएर लिन आउने वाचा गरेका निशानले वास्तविक जीवनमा भने लुसुक्क आएर प्राणप्यारीको नाममा आफ्नो जीवन नामसारी गरिदिए, त्यो पनि कानुनी बाटो समातेर।

कृष्ण जन्माष्टमीको अवसर पारेर निशानले आफ्नो दुई वर्ष लामो प्रेमलाई वैधानिकता दिएका हुन्। सुरुमा फ्यान, त्यसपछि आफ्नै म्युजिक भिडियोकी मोडल, अनि प्रेमिका बनेकी काभे्रकी ऋचा न्यौपानेसँग निशानले जिल्ला अदालत काभ्रेमा कानुनी विवाह गरेका हुन्। नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं सर्वोच्च अदालतका अधिवक्ता रमेश हुमागाईंको रोहबरमा उनीहरूको विवाह दर्ता गरिएको हो।

अघिल्लो वर्ष रिलिज भएको ‘लाहुर जाने रेल’ बोलको गीतमा निशानले ऋचालाई मोडल बनाउँदै आफू उनका लाहुरे श्रीमान् बनेका थिए। आमा र श्रीमतीलाई घरमा छोडेर लाहुर हिँडेका निशान नफर्केपछि यो भिडियो वियोगमै सकिन्छ। म्युजिक भिडियोभन्दा पनि टिकटकमा निशान र ऋचाको जोडी निकै जम्ने गरेको थियो। ‘के माया लाग्छ र ? , उख्खुमै लाग्छ नि, मेरो याद आउँछ र ? , हुरहुरी आउँछ नि’ बोलको निशान र एलिनाको स्वर रहेको यो गीतले अहिले संगीतको बजार पिटिरहेको छ।

कानुनी रूपमा वैवाहिक जीवनमा बाँधिएपछि निशानले भने, ‘यति धेरै माया र आशीर्वाद पाएकोमा धेरै नै खुसी छौँ। हजुरहरू सबैप्रति धेरै धेरै अभार। उनले आफूहरूले रोजेको कानुनी विवाहलाई अहिलेको विषम परिस्थितिको कारण बताएका छन्।

उनले भने, ‘अहिलेको जटिल समयका कारण हामीले कानुनी विवाह गर्ने निर्णय गर्नु उचित ठान्यौं र यसलाई सफल बनायौं पनि। हजुरहरूको माया र आशीर्वाद यसरी नै कायम रहिरहने अपेक्षा गरेका छौं।’

उनीरूको विवाहको खबर बारिरिएसँगै बधाई र शुभकामना दिनेको लर्के नै लागेको छ। उनले गाएको अहिलेको हिट गीत ‘के माया लाग्छ र? ’ का रचनाकार हर्क साउद आफ्नै शैलीमा भन्छन्, ‘वैवाहिक जीवनको भारिभरकम शुभकामना भाइबुहारीलाई।’ सामाजिक सञ्जालमा पनि यो जोडीलाई शुभकामना दिने उत्तिकै देखिएका छन्। ऋचाकी दिदी रेखा लेख्छिन्, ‘सधैंभरि मभन्दा सानी भए पनि बढी व्यवहारिक भएजस्तो लाग्थ्यो। आफू बच्चै छुजस्तो लाग्छ, बहिनीको बिहे भयो। वैवाहिक जीवनको शुभकामना बहिनी ज्वाइँलाई।’

आफू पनि भखैरै विवाह बन्धनमा बाँधिएका संगीतकार र अर्जुन पोखरेल र गायिका दुर्गा पोखरेलले पनि उनलाई शुभकामना दिएका छन्। ‘दाम्पत्य जीवनको शुभकामना नवजोडीलाई, ऋचालाई निशानको म्युजिक भिडियोमा फेरि देख्न पाइयोस्’, उनका शुभचिन्तकले भनेका छन्। निशानको गायकीको फ्यानसमेत रहेका फिल्म निर्माता अशोक शर्मा ठट्यौली पारामा भन्छन्, ‘अरे भाइ थाहै नदिई? तर जे गर्‍यौ ठीक गर्‍यौ। वैवाहिक जीवनको शुभकामना, भोज चाहिँ कोरोनापछि खाँउला।’ उनका गीतजस्तै निशानको वैवाहिक जीवन सफल रहेस् हाम्रो मुरी मुरी शुभकामना।

soc:annapurnapost.com

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki