Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

चिनियाँ बाजामा रेशम फिरिरि

  • प्रकाशित मितिः ११ आश्विन २०७५, बिहीबार १५:३२
  • लेखकः Jana Nigrani Online

काठमाडौँ — चीनको क्विजो प्रान्तबाट आएका हुन् कलाकार जियाङ बुजिआन । दोङ सम्प्रदायका उनले सोमबार राजधानीमा आयोजित चिनियाँ सांस्कृतिक कार्यक्रममा नेपाली गीत ‘रेशम फिरिरि…’ को धुन बनाए ।
सारंगीझैं रेटेर बजाइने चिनियाँ बाजा गेगेईसँगै ड्रमको तालमा उनले नेपाली धुन बजाउँदै गर्दा होटल याक एण्ड यतिको हलमा ताली गुन्जिइरह्यो ।

क्विजो प्रान्तमा मनाइने ‘मिड–अटम फेस्टिभल’ को झलक प्रस्तुत गर्ने क्रममा उनीसँगै दुई दर्जन चिनियाँ कलाकारले सांस्कृतिक प्रस्तुति दिए ।

चाइना कल्चरल सेन्टर र चीनकै क्विजो प्रोभिन्सियल डिपार्टमेन्ट अफ कल्चरद्वारा आयोजित कार्यक्रममा कलाकारले मौलिक नृत्य, लोक गीत, लोक बाजा, एक्रोबेटिक्स लगायतका प्रस्तुति दिएका थिए । अल्पसंख्यक दोङ जातीको ‘द वल्र्ड इज फुल अफ लभ…’ गीतबाट शुरु कार्यक्रममा जाङ सिन्सियङले पातबाट धुन निकालेर सुनाए । उनी पात बाजाका लागि अन्तर्राष्ट्रिय स्तरमै चिनिएका कलाकार हुन् ।

‘द डान्स अफ गोल्डेन फेसन्ट’, ‘द मर्निङ अफ मियोओलिङ हिल’, ‘ब्युटिफुल चाइना’ लगायत शीर्षकमा सामूहिक नृत्य देखाइयो । मौलिक पहिरनमा जातीय गरगहनासहित उपस्थित कलाकारले ऊर्जाशील प्रस्तुति दिएका थिए । शक्ति र सौन्दर्यको संयोजन भनिएको एक्रोबेटिक्स ब्यालेटमा लिउ जिजी र याङ देसुमले काँधमा चढेर गरिने नाच देखाए । उक्त क्रममा ब्यालेक्स चिप्लिएर लडे पनि कलाकारले निरन्तर प्रस्तुति दिएपछि हलमा ताली बज्यो ।

बालीनाली सप्रियोस र मौसम अनुकुल होस् भन्ने कामनासहित क्विजोमा मिड–अटम फेस्टिभल मनाइने गरेको नेपालका लागि चिनिया राजदूत यु हङले अवगत गराइन् ।

‘यहाँका बासिन्दा चन्द्रमाको पुजा गर्छन्,’ उनले भनिन्, ‘यो फेस्टिभल चिनियाँ संस्कृतिको एउटा महत्वपूर्ण पाटो हो ।’

राजदूत हङले इन्द्रजात्राको पनि शुभकामना दिँदै चीन र नेपालबीच भौगोलिक र सांस्कृतिक समानता रहेको बताइन् ।

प्रस्तुतिका अधिकांश लोक गीतमा ड्रमको प्रयोग थियो । ड्रमकै तालमा केही कलाकारले भव्य नाच देखाए । फु रुईले चाहिँ दुई हातले चार/पाँच वटा बल खेलाउँदै आफ्नो एक्रोबेटिक्स कला प्रदर्शन गरे ।

सभामुख कृष्ण बहादुर महराले नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो रहेको बताए । उनले चीन पनि नेपाल झैं कला, संस्कृति र पर्वमा धनी रहेको भन्दै आफूहरूको सम्बन्ध अझै गाढा हुँदै जाने बताए ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

सिपिएल खेल्न गएका सन्दिपको कारोना रिपोर्ट नेगेटिभ

विश्वास टुट्न दिने छैन: राखेप सदस्यसचिव सिलवाल

सेनाको हेलिकोप्टरबाट राहत लिएर सिन्धुपाल्चोक उडे गृहमन्त्री

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki