Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मितिः ३० श्रावण २०७७, शुक्रबार १७:४५
  • लेखकः जननिगरानी

३० साउन, काठमाडौं । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएको थियो ।

तीमध्ये एक जनामा संक्रमण पुष्टि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले अब उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिएको छ ।

‘एक जना खेलाडीको रिपोर्ट पोजेटिभ आएको छ । हामी उहाँलाई खबर गर्छौँ । उहाँ कहाँ कसरी बसिरहनुभएको छ, हाम्रो टिमले बुझ्छ’ स्रोतले भन्यो, ‘होम आइसोलेसनमा बस्ने हो भने त्यहीँ बस्न सल्लाह दिन्छौँ । लक्षण छ हस्पिटल लैजानुपर्ने भयो भने हस्पिटल लैजान सल्लाह दिन्छौँ ।’

नेपालमा यसअघि क्रिकेटका एक खेलाडीमा कोरोना पुष्टि भएको थियो । फुटबलमा भने पहिलो पटक खेलाडीलाई कोरोना संक्रमण देखिएको हो । यस्तै स्क्वास खेलका प्रशिक्षक हिरा थापालाई पनि कोरोना संक्रमण देखिएको थियो । उनी अहिले होम आइसोलेसनमा छन् ।

मंगलबार २३ खेलाडीसहित २९ जनाको परीक्षण गरिएकोमा बिहीबार २२ खेलाडीसहित २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । एन्फाले एक खेलाडीको पुन परीक्षण गर्नुपर्ने मात्र भनेको थियो ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki