Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

भारतमा कोरोनाबाट एकैदिन एक हजार बढीको मृत्यु

  • प्रकाशित मितिः ३० श्रावण २०७७, शुक्रबार १७:१७
  • लेखकः जननिगरानी

३० साउन, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण पछिल्लो २४ घण्टामा एक हजारभन्दा धेरैको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण एक हजार ७ जनाको मृत्यु भएको हो । यससँगै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि ४८ हजार ४० पुगेको छ । मृत्यु संख्याको आधारमा भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने चौथो मुलुक हो । मृत्युसंख्याको आधारमा पहिलो स्थानमा अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा मेक्सिको रहेका छन् ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६४ हजार ५५३ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा समग्र संक्रमितको संख्या पनि २४ लाख ६१ हजार १९० पुगिसकेको छ । अघिल्लो २४ घण्टामा भारतमा ६७ हजार नयाँ संक्रमित फेला परेका थिए । अहिलेसम्म भारतमा कोरोना भाइरसका १७ लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् भने ६ लाख ६१ हजारभन्दा बढी संक्रमितहरु अझै निकै हुन बाँकी छन् ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki