Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

प्रदेश-२ मा कोरोनाले हालसम्म ४० जनाको मृत्यु

  • प्रकाशित मितिः ३० श्रावण २०७७, शुक्रबार १७:१४
  • लेखकः जननिगरानी

३० साउन, जकपुरधाम । प्रदेश-२ मा कोरोनाको संक्रमणबाट हालसम्म ४० जनाको मृत्यु भएको छ। यो प्रदेश कोरोनाबाट अक्रान्त बन्दै गएको छ। आइसोलेसन कक्षमा भरिभराउ छ। दिर्घरोगीहरु कोरोना संक्रमणको पहिलो सिकार बन्ने गरेका छन् ।

प्रदेश २ का आठ जिल्लामा करिब ६० लाख जनसंख्या छ। यो प्रदेश भारतसँग नजिक छ। खुल्ला सीमा छ। यहाँका मानिसहरु भारतमा रोजगारी र पारिवारिक सम्बन्धले आउजाउ गर्छन्। भारतबाट आएका अधिकांसमा कोरोना फेला पर्छ तर, सचेतता भने निकै कम छ।

‘दिर्घरोगीहरु नै बढी संक्रमित छन्। कोरोनासंग लड्न उनीहरुमा रोगप्रतिरोधात्मक क्षमता कम भएकोले ज्यान गइरहेको छ,’जनस्वास्थ्य निर्देशनालय प्रदेश– २ का वरिष्ठ प्रशासक बिजय कुमार झाले भने,‘संक्रमण बढेपछि मृत्युदर बढ्नु स्वाभिकै हो।’

भारतबाट आएकाहरुको व्यवस्थानामा स्थानीय सरकार र प्रदेश सरकार चुक्दा कोरोना संक्रमण र मृतकको ग्राफ उकालो लगेको हो। साउन २९ गतेसम्म प्रदेशभरीमा ६ हजार ४ सय २८ जना कोरोना संक्रमित भएको समाजिक विकास मन्त्रालय जनकपुरधामले जनाएको छ। ३ हजार ५ सय जना कोरोना जितेर घर फर्किएका छन्।

क्वारेन्टाइन भद्रगोल बन्नु, पिसिआर परिक्षणमा ढिलाई हुनु, संक्रमितलाई व्यवस्थानमा ध्यान नदिनु, सीमा नाका खुकुलो हुनु, संक्रमितले भेन्टिलेटर नपाउनु, कारोनालाई ख्यालख्यालमा लिनु जस्ता कारणले प्रदेश-२ कोरोनाको उच्च जोखिममा पुगेको हो। प्रदेश-२ मा दैनिक ८ सय जनाको कोरोना परिक्षण भइरहेको छ। जनकपुर, राजबिराज र बीरगन्ज गरि तीन स्थनमा कोरोना परिक्षण प्रयोगशाला राखिएको छ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki