Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

विश्वास टुट्न दिने छैन: राखेप सदस्यसचिव सिलवाल

  • प्रकाशित मितिः ३० श्रावण २०७७, शुक्रबार १५:५७
  • लेखकः Jana Nigrani Online

काठमाण्डु – राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ, त्यो विश्वासलाई कहिले टुट्न नदिने बताएका छन् ।

नेपाल भलिबल सङ्घले उनकै सम्मानमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सदस्यसचिव सिलवालले भने, ‘खेलकूदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्ति गरिएको छ, त्यसमा इमानदार भएर अगाडि बढ्नेछु, मलाई पुनः जिम्मेवारी दिएकामा नेपाल सरकार, खेलकूद मन्त्रालय र सदस्यसचिव सिफारिस समितिलाई धन्यवाद दिन चाहन्छु, उहाँहरुको विश्वासलाई कहिले टुट्न दिने छैन ।’

सदस्यसचिव सिलवालले राष्ट्रिय खेल भलिबलको एउटा छुट्टै कभर्ड हल पनि नहुनु दुःखको कुरा भएको बताउँदै आफ्ना तर्फबाट त्यसका लागि पहल शुरु भइसकेको बताए । उनले भलिबल सङ्घलाई पनि कभर्डहल निर्माणका लागि गम्भीर भएर अगाडि बढ्न सुझाउँदै अबका चार वर्षको अवधिमा खेलकूदलाई सम्मान योग्य क्षेत्र बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा सदस्यसचिव सिलवालसहित राखेपका नवनियुक्त सदस्यद्वय रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई पनि नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्दलगायत पदाधिकारीले बधाई दिँदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

सिपिएल खेल्न गएका सन्दिपको कारोना रिपोर्ट नेगेटिभ

सेनाको हेलिकोप्टरबाट राहत लिएर सिन्धुपाल्चोक उडे गृहमन्त्री

जुगल पहिरोः घाइतेको उद्धार गर्दै नेपाली सेना

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki