काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादल पहिरो पीडितका लागि राहत लिएर सिन्धुपाल्चोक प्रथान गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमा गृहमन्त्री बादल पहिरो स्थलतर्फ गएका हुन् ।
शुक्रवार बिहान गएको पहिरोमा तीन दर्जन मानिस बेपत्ता भएका छन् भने कयौं घरहरु पहिरोले बगाएको छ ।
पीडित परिवारका लागि राहत लिएर गृहमन्त्री थापा र गृहसचिव महेश्वर न्यौपाने सिन्धुपाल्चोकतर्फ गएका हुन् । सभामुख अग्नि सापकोटा पनि पहिरो गएको स्थानमा पुगेका छन् । उनी बिहानै उक्त स्थानमा पुगेका थिए ।
उनी पीडितका लागि खाद्यान्न र त्रिपाल जस्ता सामाग्री लिएर गएका हुन् । गृहमन्त्रीले स्थालगत निरीक्षणपछि थप राहत प्याकेज घोषणा गर्ने भएका छन् ।