प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका सचिव डा. गोपीकृष्ण खनालले स्वास्थ्य महाशाखाका कर्मचारीमा संक्रमण देखिएको पुष्टि गरे ।
उनले भने, ‘संक्रमित होम आइसोलेसनमा हुनुहुन्छ, अन्य कर्मचारीहरूको पनि पीसीआर जाँच गराउँदै छौं ।’
मन्त्रालयका अधिकारीलाई संक्रमण देखिएपछि सबै कर्मचारीको पीसीआर जाँच गराउने तयारी भइरहेको छ ।
खनालले मन्त्रालयबाट गरिने काम भने नरोकिने स्पष्ट पारे । ती अधिकारीको पीसीआर रिर्पोट पोजेटिभ आएपछि सामाजिक विकासमन्त्री सुदर्शन बराल र स्वास्थ्य निर्देशनालयका निर्देशन डा. विनोद गिरीको पनि पीसीआर जाँच गरिएको थियो ।
उनीहरू दुवै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।