शुक्रबार कर्णाली प्रदेशमा पाँचजना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल दैलेखमा पाँच सय ८१ जनाको स्वाब परीक्षण गर्दा पाँचजनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको परीक्षणमा सल्यान वनगाड कुपिण्डे नगरपालिका– १ का २५ वर्षीय पुरुष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्ला पातारासी गाउँपालिका– ६ का २३ वर्षीय पुरुष र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका– १ का १६ वर्षीय पुरुष, वडा नं. ७ का ३३ वर्षीय पुरुष, डुंगेश्वर गाउँपालिका– २ का ४६ वर्षीय पुरुष रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले प्रमुख वृषबहादुर शाहीले बताए ।
‘कर्णालीमा संक्रमितको संख्या दुई हजार ५७ पुगेको छ,’ उनले भने, ‘शुक्रबार प्रदेशभर पाँच सय ८१ जनाको स्वाव परीक्षण गर्दा पाँचजनामा कोरोना संक्रमण देखिएको हो ।’
त्यस्तै, शुक्रबार कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट सातजना डिस्चार्ज भएको महाशाखा प्रमुख शाहीले जानकारी दिए ।
‘कर्णालीबाट हालसम्म कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या एक हजार नाै सय आठ पुगेको छ,’ उनले भने, ‘हाल कोरोना सक्रिय संक्रमितको संख्या एक सय ४३ रहेको छ ।’