Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

सैनडाँडामा गुन्जिए देउडा

  • प्रकाशित मितिः ११ आश्विन २०७५, बिहीबार १५:१३
  • लेखकः Jana Nigrani Online

बझाङ — भदौ मध्यदेखि बझाङ मेलामय भएको छ । सुर्माको विरिजात र लेकगाउँको विरसती सकिएलगत्तै खप्तड छान्नाको पाटादेवलमा लाग्ने सैनडाँडा मेला सुरु भएको छ । असोज शुक्ल पूर्णिमाका दिन सुरु हुने यो मेला तीन दिनसम्म चल्नेछ ।

खप्तड दहमा रहेको मन्दिरबाट डोली ल्याएर पाटादेवलमा रहेको खापरमाडौं मन्दिरमा चढाएपछि मेलाको विधिवत् सुरुवात भएको मानिन्छ । मेला भर्नका लागि बझाङलगायत अछाम, बाजुरा र डोटीका दर्शनार्थीको भीड लागेको छ । छान्ना क्षेत्रका विभिन्न मठमन्दिरका धामीहरूको सामूहिक नाच मेलाकै मुख्य आकर्षण भएको छ ।

सैनडाँडा मेला देउडा खेलका लागि निकै चर्चित छ । महिला र पुरुषका बीच हुने देउडाले धेरैलाई मोहित पार्छ । केही वर्ष अगाडिसम्म यही मेलामा देउडा–दोहोरी खेलेर जित–हार भएपछि उसै सँग विवाह गर्ने चलन थियो । अहिले यो चलन हराएको छ ।

मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको स्थानीय रामबहादुर सिंहले बताए । महाभारत कालमा पाँच पाण्डवका पुरोहित धौम्य ऋषिले कुरुक्षेत्रमा भएको गोत्र हत्याको पापमोचन गर्न खप्तडमा गएर शिव दर्शन गर्न सुझाएको किंवदन्ती छ ।

यसै क्रममा पाण्डवहरू खप्तड छान्नामा रहेको खापरमाडौं आएर खापर देवताको पूजा गरेको र यहाँ यज्ञमा प्रयोग भएका सामानहरू खप्तडमा रहेको त्रिवेणीमा सेलाएको मान्यता छ । पाण्डवहरूले नै यो मेलाको सुरुवात गरेको विश्वास गरिन्छ ।

अर्काे एक किंवदन्तीअनुसार पाटादेवलमा रहेको खापरदेवको स्थापना भएपछि विसं. १२८० मा सिजापती सम्राट नागराजका छोरा महाराज क्रस्चल र उनका छोरा अशोक मल्लले राज्य विस्तार गर्न कुमाउ गढवाल आक्रमण गर्ने सिलसिलामा खापर देवताको ढुकुटी लुटेर लगेका थिए ।

पछि खापर देवताले दु:ख दिन थालेपछि सिजापती राजाले पछुतो गर्दै माफी मागेर लुटेको धनको दोब्बर सम्पत्ति बुझाएको मान्यता छ । त्यसपछि सिजापती राजा कालीगढसहितको फौजमा खापरमाडौं आएर स्थानीय बासिन्दालाई भेला गराएका थिए । लुटेको दोब्बर सम्पत्ति फिर्ता गराई उत्सवमय माहोलमा पूजा गरेको र त्यही बेलादेखि मेलाको सुरुवात भएको विश्वासमेत गरिने पाटादेवलका उत्तम थापाले बताए । त्यस बेला सिजापती महाराज जितारी मल्लका भाइले खापरमाडौंमा राखेका शिलालेख र ढुंगामा कुँदिएका मूर्तिहरू हालसम्म पनि यथावत् छन् ।

सैनडाँडा मेला बान्नी चैलती, चैनपुरको शिलदेवी पछिको तेस्रो ठुलो मेलाको रूपमा लिइन्छ । पछिल्लो समय यो मेलाले देउडा संस्कृतिको जर्गेना गर्नका लागि ठूलो भूमिका खेलेको बझाङको इतिहास तथा संस्कृतिका अध्येता विष्णुभक्त शास्त्रीले बताए ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

सिपिएल खेल्न गएका सन्दिपको कारोना रिपोर्ट नेगेटिभ

विश्वास टुट्न दिने छैन: राखेप सदस्यसचिव सिलवाल

सेनाको हेलिकोप्टरबाट राहत लिएर सिन्धुपाल्चोक उडे गृहमन्त्री

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki