Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

न्यूयोर्कमा प्रधानमन्त्री ओलीको व्यस्तता

  • प्रकाशित मितिः ११ आश्विन २०७५, बिहीबार १५:०९
  • लेखकः Jana Nigrani Online

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले अबको केही घण्टामा स‌युक्त राष्ट्र संघको ७३ औं महासभामा सम्बोधन गर्नेछन् । त्यसपछि अाजै राति राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग पनि दुईपक्षीय भेटवार्ता गर्ने छन् ।
राष्ट्र संघको महासभामा भाग लिन आइतबार न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीका त्यसपछिका दिनहरु निकै व्यस्ततामा बिते। उनी शनिबार कोष्टारिका पुगेर नेपाल फर्कनेछन्।

उनले हालसम्म राष्ट्र संघकै मुख्यालयमा चार जना सरकार तथा राष्ट्रप्रमुखसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको रात्रीभोजमा पनि सहभागी भएका छन्।

‘शान्ति स्थापनार्थ कार्य’ (एक्सन फर पिसकिपिङ) को उच्चस्तरीय बैठक र एशिया सोसाइटीको कार्यक्रममा सम्बोधन गरे। त्यसैगरी उनले भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजसँग पनि भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री ओलीले राष्ट्र संघको मुख्यालयमा बुधबार राति बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरे। भेटवार्ताका क्रममा व्यापार, लगानी तथा पर्यटनसहितका बहुक्षेत्रमा सहयोग बलियो बनाउने विषयमा छलफल भएको बताइएको छ।
धानमन्त्री ओलीले क्यानडाका समकक्षी जस्टिन टुडोसँग पनि भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा दुई नेताबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि उच्चस्तरमा भेटवार्ता भएकोमा खुशी व्यक्त गर्दै नेपाल र नेपालीलाई क्यानडा सरकार रक्यानडाका जनताका तर्फबाट प्राप्त सहयोग तथा भूकम्पपछिका समयमा भएका सहयोगका लागि धन्यवाद दिएका थिए।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

सिपिएल खेल्न गएका सन्दिपको कारोना रिपोर्ट नेगेटिभ

विश्वास टुट्न दिने छैन: राखेप सदस्यसचिव सिलवाल

सेनाको हेलिकोप्टरबाट राहत लिएर सिन्धुपाल्चोक उडे गृहमन्त्री

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki