Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

  • प्रकाशित मितिः २४ आश्विन २०७५, बुधबार १०:२३
  • लेखकः Jana Nigrani Online

रत्ननगर : पर्या–पर्यटनको विकासका लागि दक्षिण चितवनको माडीमा होमस्टे थपिने भएको छ ।
कृषि र पर्या–पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा थप होमस्टे निर्माणको प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । माडीका आदिवासी जनजाति समुदायका बस्तीमा ४० भन्दा बढी होमस्टे निर्माण गरिने छ । जुन बस्तीमा जुन जातिको बाहुल्यता छ, त्यही जातिका परिकारको स्वादमा स्थानीय रहनसहन र सांस्कृतिक प्रदर्शनीमा रम्न सक्ने गरी होमस्टे निर्माण गर्न लागिएको हो । यो वर्ष थारु, बोटे र राईका होमस्टे खुल्नेछन् । ढकालका अनुसार यसपाली नगरसभाले होमस्टे बनाउन रु ७५ लाख छुट्याएको छ । “होमस्टेका लागि समुदायको पनि लगानी हुन्छ, विभिन्न संघ संस्थासँग पनि सहकार्य हुन्छ, ढकालले भन्नुभयो, होमस्टेमार्फत आयआर्जनको विकास र पर्या–पर्यटनको विकास गर्नु हाम्रो लक्ष्य हो ।”

माडी नगरपालिका–८ शिवद्वारमा विगत केही वर्षदेखि मगर समुदायको होमस्टे सञ्चालनमा छ । अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे शिवद्वारमा आएका पाहुना सोरठी, सालेजु, चुड्का, ठाडो भाका प्रदर्शन गरेर पर्यटकलाई मनोरञ्जन दिन्छन् । यहाँ स्थानीयस्तरमा पाउने मौलिक खाना पाइन्छ । अबका होमस्टे पनि स्थानीय रहनसहन संस्कृतिका साथै मौलिक खाना पाइने र घरायसी वातावरणमा रम्न सकिने गरी निर्माण हुनेछन् ।

यस वर्ष माडी नगरपालिका–१ वनकट्टामा बोटे समुदायको संस्कृति देखाउने उद्देश्यसहितको १५, वडा नं ३ बघौडामा १० थारु होमस्टे र वडा नं ९ को राईटोलमा आठ राई होमस्टे निर्माण हुने नगरपालिकाले जनाएको छ । यस्तै शिवद्वारमा रहेको ११ होमस्टेको स्तरोन्नतिसहित नौँ थपेर २० पु-याउने लक्ष्य राखिएको छ ।

माडी नगरपालिका–३ बघौडामा माडी सामुदायिक होमस्टे निर्माणका लागि यहाँको घरधुरी लगत संकलनसमेत गरिएको छ । ३५ घरधुरी रहेको सो बस्तीमा होमस्टे निर्माणका लागि ओमप्रकाश महतोको संयोजकत्वमा एक समिति निर्माण गरिएको स्थानीय सहयोगी संस्था सीप नेपालका सचिव गोविन्द न्यौपानेले जानकारी दिनुभयो । स्थानीय समुदायलाई अनुभव संगाल्न अन्यत्रको होमस्टेमा लगेर स्थलगत अवलोकन गराइने छ ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

सिपिएल खेल्न गएका सन्दिपको कारोना रिपोर्ट नेगेटिभ

विश्वास टुट्न दिने छैन: राखेप सदस्यसचिव सिलवाल

सेनाको हेलिकोप्टरबाट राहत लिएर सिन्धुपाल्चोक उडे गृहमन्त्री

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki