Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

  • प्रकाशित मितिः ११ मंसिर २०७७, बिहीबार १२:०३
  • लेखकः रासस

११ मङ्सिर, बलेवा । हरिबोधिनी एकादशी पर्वका अवसरमा भक्तजनले सामाजिक दूरी कायम गर्दै पवित्र कालीगण्डकी नदीमा स्नान गरेका छन् । कोरोना महामारीका कारण भीड जम्मा हुँदा जोखिम हुने भएकाले भक्तजनले पालैपालो कालीगण्डकीमा स्नान गरेका हुन् ।

आजका दिन कालीगण्डकीको स्नान गरेर निराहार बस्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । बागलुङको जैमिनी धाम, पर्वतका नरसिंहधामको पश्चिम किनारा, निरहेघाट, मालढुंगालगायत क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो छ । धार्मिक मान्यतानुसार आजको दिन विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरिन्छ ।

बागलुङमा तुलसीको विवाह गर्नुपूर्व कालीगण्डकीको स्नान गर्नुपर्ने मान्यता छ । आजको दिन अन्न खान नहुने भएकाले बागलुङ बजारमा सखरखण्ड, पिँडालु र वनतरुल बिक्रेताको पनि बाक्लो उपस्थिति छ ।

ससाना डोका तथा ठेलागाडामा निराहार बसेकाहरुका लागि कन्दमूल बिक्री गर्न बिक्रेताहरु बागलुङ बजार आएका छन् । यहाँका ससाना फलफूल तथा तरकारी पसलमा समेत कन्दमूल बिक्रीका लागि राखिएका छन् ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki