Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

एसिड आक्रमणकारीलाई जन्मकैद वा २० वर्ष कैदको व्यवस्था गर्ने सरकारको तयारी

  • प्रकाशित मितिः १० आश्विन २०७७, शनिबार ०९:४४
  • लेखकः जननिगरानी

१० असोज, काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेको सजाय बढाउने र बिक्री वितरणलाई नियमन गर्ने दुइ फरक अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।

राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि लागु हुने ती अध्यादेशमा एसिड आक्रमणलाई जघन्य अपराधाको रुपमा परिभाषित गर्दै दोषीको सजायमा माफी मिनाहा नहुने ब्यवस्था गरिएको छ ।

अध्यादेशको प्रस्तावित मस्यौदामा एसिड आक्रमणबाट कसैको ज्यान गए जन्मकैद र अंगभंग वा शरीर कुरूपल गराए २० वर्षसम्म कैद सजायको प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण पीडितसँगको भेटमा एसिड हान्ने विरुद्ध कडा कानुन ल्याउने बताएको दुई साता नबित्दै सरकारले एसिड आक्रमण गर्नेमाथि कडा सजाय र एसिडको विक्रि वितरण नियमन गर्ने गरी दुइ अलग-अलग अध्यादेश ल्याउने निर्णय गरेको हो ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले एसिड आक्रमण गर्नेमाथि सजाय र नियमनका लागि दुइवटा अध्यादेश ल्याउने प्रस्ताव पारित गरेको छ । एसिड आक्रमणका दोषीलाई कडा कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध कानुनी रुपमा व्यवस्था गर्न अध्यादेश ल्याएको हो ।

राष्ट्रपतिबाट जारी लागु हुने अध्यादेशमा एसिड आक्रमणलाई जगन्य अपराधको रुपमा लिदै आक्रमणबाट कसैको ज्यान गए जन्मकैद र आक्रमणबाट अंगभंग वा शरीर कुरूप गराए २० वर्ष कैदको सजाय र १० लाखसम्मको जरिवाना प्रस्ताव गरिएको कानून न्याय तथा संसदीयमा मामिला मन्त्रालयले जनाएको छ ।

कार्यान्वयमा रहेको फौजदारी अपराध संहितामा एसिड आक्रमणबाट अंगभंग भए अपराधीलाई अधिकतम ८ वर्ष सजायको ब्यवस्था छ । यस्तै अध्यादेशमा एसिड आक्रमणको घटनाका दोषीको सजायमा माफी मिनाहा नहुने प्रस्ताव गरिएको छ । आक्रमणकारीको सम्पत्ति रोक्का राखेर पीडितलाई क्षतिपूर्ति भराउने प्रावधान समेत अध्यादेशमा समेटिएको छ ।

यस्तै एसिड बिक्रीवितरणका लागि जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स लिनैपर्ने लगायतका प्रावधानहरु प्रस्ताव गरिएको बताइएको छ । गत भदौ २५ मा प्रधानमन्त्री ओलीले बालुवाटारमा एसिड आक्रमणबाट पीडितहरूसहित सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरूसँग भेटमा १५ दिनभित्र कानुनको मस्यौदा तयार पारी ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिनु भएको थियो ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki